दलित समाचार » न्यायोचित रुपले दलित संघीय प्रान्त निर्माण गरिनु पर्ने माग |
||
| न्यायोचित रुपले दलित संघीय प्रान्त निर्माण गरिनु पर्ने माग
Posted: January 18, 2012 सीता बि.के. बुटवल ,माघ ५ दलित गैरसरकारी सस्था महासंघले दलितको पहिचान र पहुँच स्थापित हुने गरी भौगोलिक रुपमा राज्यको पुर्नसंरचना गरिनु पर्ने माग गरेका छन् । महासंघले राजधानीमा पत्रकार सम्मेलन गरी जातीय आधारमा राज्यको पुर्नसंरचना गर्न खोजेर दलितलाई आफ्नो तरिकाले राज्य सन्चालन गर्न बाट बञ्चित गराउन खोजिएको दावी गर्दै न्यायोचित रुपले दलित संघीय प्रान्त निर्माण गरिनु पर्ने तर्क गरेको छ । पत्रकार सम्मेलनमा बझाङ, अछाम, बाजुरा, मुगु, कालिकोट जिल्लामा दलितको संख्या ३० प्रतिसत रहेकोले त्यस क्षेत्रलाई खप्तड दलित द्रविण राज्य, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लालाई मिलाएर भगत सर्वजित दलित राज्य र तराईका सिराहा, धनुष, सप्तरी जिल्लालाई मिलाएर सहलेष दलित राज्य बनाउन सकिने जानकारी दिईयो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गजाधर सुनारले राज्यपुर्नसरचाको क्रममा दलित राज्यको विषयमा कसैले पनि कुरा नउठाएर फेरि पनि दलितलाई बालिघरे प्रथा तीर फर्काउने षडयन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले मुलुक भरीका ६० लाख दलित समूदायलाई मान्य हुने खालको राज्यको पुर्नसंरचनाको आधार सृजना नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो « Go Back |
Supporters / Sponsors :
