दलित समाचार » राज्यले निति बनाए पनि कार्यान्वयन नभएको गुनासो
राज्यले निति बनाए पनि कार्यान्वयन नभएको गुनासो
Posted: January 27, 2012
सीता बि.के.
बुटवल,माघ १४
महिला बालबालिका र समाजकल्याण समिति अन्र्तगत जातिय भेदभाव,छुवाछुत समस्या र समाधानका उपाय अध्ययन गर्न गठित उप समितिले कालिकोट जिल्लामा सरोकारवालासँग एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्र्तरक्रिया कार्यक्रमका सहभागीहरुले समितिलाई राज्य निति बनाएपनि त्यसको कार्यान्वयन नगरिनाले जिल्ला तथा गाउँमा विभिन्न किसिमका समस्या आउने गरेको बताएका छन । 

 संविधान सभा सदस्य विनोद पहाडिको संयोजकत्वमा ध्पश्चिमाञ्चलका ५ जिल्ला बाँके, सुर्खेत, दैलेख , कालीकोट र जुम्ला जिल्लाको  जातिय भेदभाव,छुवाछुत समस्या र समाधानका उपाय अध्ययन गर्ने टोलीका सदस्य विमला नेपालीले जानकारी दिनुभयो । विभिन्न ११ वटा उपसमिति मध्यको एउटा पसमितिका ५ जनाले यसको अध्ययन गर्ने ,अध्ययन सम्पन्न गरिसकेपछि हरेक जिल्लाका समस्या तथा समाधानका उपाय संवैधानिक समितिसम्म पु¥याउने उपसमितिका संयोजक विनोद पहाडिले बताउनु भयो । गत मंसिर २४ गते जिल्लाको जुविथामा जातिय छुवाछुत सम्बन्धी घटेको भनिएको घटनाका विषयमा पनि कार्यक्रम छलफल भएको छ । 


« Go Back
Supporters / Sponsors :