दलित समाचार » जिविसको सिफारिश अस्विकार |
||
| जिविसको सिफारिश अस्विकार
Posted: July 18, 2009 रणध्वज लोहार धरान साउन ३- जिल्ला विकाश समितिले दलित समुदाय प्रमाणिकरण गरेको सिफारिस पत्र ि।पि।sाे।स्वा।वि।प्रतिष्ठानले अस्विकार गर्दा दलित विद्यार्थीहरुलाई स्टाफ नस्रको प्रवेश फारम भर्न समस्या परेको छ । स्टाफ नस्र अध्धयन गर्न दलित समुदायको लागि छुटाएको छात्रवृत्ति पाउन दलित भएको सिफारिसको आवश्यक्ता पर्छ । तर राष्ट्रिय दलित आयोग को सिफारिस मात्र प्रतिष्ठानले मान्यता दिने भएकोले दलित विद्यार्थीहरुलाई समस्या परेको हो । जि।वि।स।बाट ल्याएको सिफारिस लिएर छात्रवृत्तिको लागि फारम भर्न जादा सो सिफारिसले नहुने भएको ले काठमाडौ स्थित आयोगबाट सिफारिस मगाएर फारम भरेको पिडित विद्यार्थीहरुले बताएका छन । आयोग बाट सिफारिस मगाउदा काठमाडौमा सम्पर्क हुनेलाई मात्र सजिलो हुन्छ तर हामि जस्तो सम्पर्क नहुने विद्यार्थीहरुलाई सिफारिस लिन ८ ยค९ सय रुपैया खर्च हुन्छ फेरि भनेको बेलामा सिफारिस पनि उपलब्ध नहुने गुनासो दलित विद्यार्थी जमुना विश्वकर्माले बताएकि छिन । स्थानिय मन्त्रालय अन्र्तगत रहेको स्थानिय विकाश समितिले दिएको सिफारिस अस्विकृत गर्दा प्रतिष्ठानले छुटै सरकारको निति लागु गर्न खोजेको आरोप स्थानिय विकाश अधिकारी गुरु प्रसाद सुवेदीले लगाउनु भएको छ । स्थानिय स्वायत्त शासन २०५५ अनुसार दलित जनजाति आदिवासि पिछडा वर्ग लगाएत अन्य समुदायको सिफारिस दिएको सुवेदी ले बताउनु भएको छ । स्थानिय मन्त्रालयको निर्देशनमा मन्त्रालयको सुचि बमोजिम जातिय सिफारिस दिएको पनि उहाले बताउनु भएको छ । सबै जनताको पहुच केन्द्र सम्म पुग्न गाह्रो पर्छ फेरि ऐनले दिएको अधिकार भएकोले प्रतिष्ठानले यो सिफारिस मान्नै पर्नेमा सुवेदीले जोड दिनु भएको छ । राष्ट्रिय दलित आयोगको सिफरिसलाई मात्र मान्यता दिने सिनेटको निर्णय अनुसार अरु कसैको पनि सिफारिस नस्विकार्ने प्रतिष्ठानका एकेडेमिक निर्देशक पदम घिमिरे ले बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयबाट जानकारी आए पछि मात्र अरु सिफारिसलाई मान्यता दिने घिमिरे ले बताउनु भएको छ। प्रतिष्ठानले प्रत्येक वर्ष एस।एल।सि। उत्तिर्ण गरेका दलित विद्यार्थीहरुलाई स्टाफ नस्र पठ्न दुई जनाको कोटा छात्रवृत्ति उपलब्ध गराउदै आएको छ । « Go Back |
Supporters / Sponsors :
