दलित समाचार » दलित वस्ती झलमल्ल |

| दलित वस्ती झलमल्ल
Posted: August 5, 2009 रणध्वज लाहोर साउन २२
तेह्रथुम, घर नजिकै केन्द्रीय विधुत लाईन आए पनि आर्थिक अभावकाकारण अध्यारोमा बस्तै आएका तेह्रथुम हमरजुङ्ग गाविसको दलित बस्तिमा जिविस स्थानीय विकास कोष र गाविसले हाउस वेयरिङ्ग गरी विधुत जडान गरिदिएपछी स्थानीय वासिन्दा हर्षित भएका छन् ।

हमरजुङ्ग- ४ स्थित ३२ दलित घरधुरीमा हाउस वेयरिङ्ग गरी विधुत जडान भएपछि अहिले पुरै दलित बस्ती झलमल्ल भएको छ ।

जिविस स्थानीय विकास कोषको ६४ हजार हमरजुङ्ग गाविसको ३० हजार र स्थानीयवासिन्दाको सुढे ९ हजार गरी कुल १ लाख ३ हजार लागतमा दलित बस्तिमा हाउस वेयरिङ्ग सम्पन्न गरी केन्द्रीय विधुत लाईन जडान गरिएको हाउस वेयरिङ्ग समितिका अध्यक्ष तोर्ण वि।s।ले बताउनु भयो ।

दलित वस्तीमा विधुत जडान भएपछी विद्यार्थीहरुलाई पठन-पाठन गर्न रेडियो सुन्न मोवाईल चार्ज गर्न र दैनिक घर घन्दा गर्न सुविधा भएको वि।s।ले बताउनु भयो ।
« Go Back |
Supporters / Sponsors :