दलित समाचार » दलित बस्तीका सबै निरक्षर |
||
| दलित बस्तीका सबै निरक्षर
Posted: November 12, 2009 वीरबहादुर गिरी/जाजरकोट गाउँमा चिठी/पत्र आउँदा हल्ला-खल्ला गर्दै चिठी पढ्ने मान्छेको खोजी हुन्छ, रोकाया गाउँमा । कारण, यस गाउँमा वृद्धदेखि बच्चासम्म सबै निरक्षर छन् ।
जाजरकोटको
अति विकट रोकाया गाउँ- ७ धियारगाउँका २२ परिवार दलित (दमाईं) कसैले पनि
अक्षर चिन्दैनन् । कतै सहीछाप गर्नुपर्यो भने औँठाछाप लगाउँछन् । तर,
गाउँका कसैको नाममा चिठी-पत्र आयो भने उनीहरू छिमेकी गाउँमा चिठी बोकेर
धाउने गर्छन् । 'कसैलाई चिठी-चपेटा आए खल्तीमा राखेर पढे/लेखेका बिष्टका
घर जान्छौँ, उनीहरू पढिदिन्छन् हामी सुन्छौँ,' स्थानीय चाउरे दमाइंले
गाउँको वास्तविकता सुनाए । उनले थपे, 'जसले पढिदिन्छ, उसैलाई फेरि लेखाएर
चिठी पठाउने समेत गर्छां ।' पुर्खौंदेखि खलिया पर्थाबाट जीवन निर्वाह गर्दै आएका यो गाउँमा दमाइं अहिले पनि बालबच्चालाई पढाउन/लेखाउन भन्दा लुगा सिलाउने र बाजा बजाउने सीप सिकाउनमा प्रतिस्पर्धा गर्ने गर्छन् । यिनीहरूको आपनो स्वामित्वमा जमिन छैन । 'बालबच्चालाई स्कुल पठाउनुभन्दा छिटो सीप सिकाएर काम लगाउनु बेस,' उनीहरू भन्छन् । 'अरूको काम गरेर खाने हामी घरका सबैले काम नगरेसम्म परिवार पाल्न धौ-धौ हुन्छ, छोराछोरीलाई कसरी स्कुल पठाउने ?' दमाईंका नाइके धने दमाइंले नयाँ पत्रिकासँग भने । उनीहरूको सबै सहारा भनेको गाउँका बिष्ट हुन् । वर्षभरि बिष्टको लुगा सिलाउने, विवाह र मृत्युमा बाजा बजाउने नै यी दलितको प्रमुख पेसा हो । यसरी लामो समयदेखि आप\mनो परिश्रमले अरूको सहरामा जीवन गुजारा चलाउने यी दमाईंका बारेमा कसैले चासो नदेखाएको उनीहरूको गुनासो छ । नाइके धने दमाईं भन्छन्, 'हामीलाई जग्गा-जमिनको व्यवस्था भए ज्यालामा काम गर्थ्यौं । छोराछोरी स्कुल पठाउँथ्यौँ, के गर्ने खलो दिनेहरूले ज्यालामा काम गराउँदैनन्, खलो नभए परिवार पाल्ने अर्को उपाय छैन ।'
गरिबी र अशिक्षाले गाँजेको यो गाउँका २२ परिवार दमाईंमध्ये कतिको आपनो बस्ने घरसमेत छैन । बस्ने वासको अभावमा एउटै छानामुनि तीन परिवारसमेत सगोलमा बस्ने गरेका छन् । श्रोत : नयाँ पत्रिका, २३ कात्तिक २०६६ « Go Back |
Supporters / Sponsors :
